नेपालगन्जमै ७ नयाँ थपिए, कोरोना संक्रमितको संख्या ८२ पुग्यो

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख २३, २०७७     ::: 88 पटक पढिएको   |  

काठमाडौं वैशाख २३ गते । कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।



Leave a comment

Your email address will not be published.


*