आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई एसईई उत्तीर्ण गराउन प्याब्सनको माग

आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई एसईई उत्तीर्ण गराउन प्याब्सनको माग

काठमाडौं वैशाख २३ : कोरोना (कोभिड १९)संक्रमण त्रासका कारण सम्पन्न हुन नसकेका विद्यालय तहको परीक्षा सञ्चालनको सट्टा सम्बन्धित विद्यालयले नै आन्तरिक मूल्यांकन गरेर विद्यार्थी उत्तीर्ण गराउन प्याब्सनले माग गरेको छ ।

कोरोनाको संक्रमण त्रास कायमै रहेको र कहिले साम्य हुन्छ भन्ने एकिनसमेत नभएको अवस्थामा परीक्षा सञ्चालन गर्ने मिति कुरेर बस्नु उपयुक्त नहुने उसको भनाइ छ । कोरोना त्रासले विद्यालय तह अन्तर्गत माध्यमिक शिक्षा परीक्षा –एसईई तथा कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन ।

केहि स्थानीय तहमा कक्षा ८ को परीक्षा पनि सम्पन्न हुन सकेको छैन । प्याब्सनले मंगलबार जारी गरेको विज्ञप्तिमा एसईईको लागि विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र सोही मूल्यांकनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेर ग्रेड सिट तथा प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

विश्वका प्रतिष्ठित शैक्षिक संस्थहरुले समेत आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई प्रमणपत्र उपलब्ध गराउने निर्णय गरेकोले नेपालमा पनि सोही अबलम्बन गर्दा उपयुक्त हुने प्याब्सनको दावी छ । 

प्रतिक्रिया