भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारकाे चासो

भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारकाे चासो

नेपाल सरकार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति

काठमाडौं वैशाख २७ । भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारले चासो देखाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको जनाएको छ । जहाँ लिपुलेक, लिम्पियाधुरा र कालापानी पर्छन् ।

१८१६ को सुगौली सन्धि बमोजिम त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरेको छ । ‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ’, शनिबार परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले ऐतिहासिक घटनाक्रमलाई जोड्दै उक्त भूमि नेपालको भएकाले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको जनाएको छ । जहाँ लिपुलेक, लिम्पियाधुरा र कालापानी पर्छन् । १८१६ को सुगौली सन्धि बमोजिम त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र कुनै पनि गतिविधि रोक्न आग्रह गरेको छ । लिपुलेकमा भारतले गरेको गतिविधिमा नेपालले यसअघि पनि दोहोर्याएको र सीमाका मुद्दा सम्वादमार्फत सल्टाउने प्रधानमन्त्री स्तरमा सहमति भएको स्मरण गराइएको छ ।

‘ऐतिहासिक सन्धि, तथ्य, नक्सा र दस्तावेजका आधारमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै कुटनीतिक समाधान खोज्न नेपाल सरकार प्रतिवद्ध छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।२०१५ मा भारत र चीन सरकारले लिपुलेकलाई दुई देशबीच व्यापारीक मार्गको रुपमा विकास गर्ने सम्झौता गर्दा नेपालले असहमति जनाएको पनि विज्ञप्तिमा स्मरण गराइएको छ । सवाहेक थाती रहेका सीमा मुद्दा दुई पक्षबीच कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पनि सरकारले जनाएको छ ।

यसका लागि नेपालले दुई पटकसम्म वार्ताको आह्वान गर्दा पनि भारतीय पक्षबाट प्रतिक्रिया नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतको रक्षा मन्त्रालयले यही शुक्रबार लिपुलेक हुँदै तिब्बतसम्मको सडक खोलेपछि नेपाल सरकारले विज्ञप्ति निकालेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सम्मेलनमार्फत सडकको उद्घाटन समेत गरेका थिए । उक्त सडकलाई भारत र तिब्बतस्थित मानसरोवर जोड्ने पर्यटकीय तथा व्यापारीक मार्गको रुपमा विकास गरिने भारत सरकारले जनाउँदैआएको छ ।भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकको सडक उद्घाटन गर्दाको दृश्य । यसबारे उनले ट्वीटरमार्फत पनि जानकारी दिएका थिए ।

प्रतिक्रिया