छिमेकीको कुटपिटबाट १० बर्षीया बालकको हात भाँचियो

छिमेकीको कुटपिटबाट १० बर्षीया बालकको हात भाँचियो

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख २८ गते ।
दैलेखमा एक बालकलाई छिमेकीले कुटपिट गर्दा हात भाँचिएको घटना बाहिरिएको छ । आठबीस नगरापालिका(३ साईंका १० वर्षीय बालक आकास नेपालीलाई छिमेकी २८ वर्षीया राजबहादुर शाहीले कुटपिट गरेका हुन् । शाहीको कुटपटिबाट बालकको देब्रे हात भाँचिएको बालकका बुवा करबीर नेपालीले बताए । घर नजिकै कर्णाली नदीमा माछा मार्न गएका बालबालिकाबीच भएको सामान्य विवादको विषयलाई लिएर शाहीले आकाशमाथि कुटपिट गरेका हुन् ।

बालबालिकाबीच भएको सामान्य झगडाको निहुँमा अभिभावकै सामु घरमै आएर बालकलाई शाहीले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।  शाहीले त्यसअघि पनि घरमै आएर छोरालाई कुटपिट गर्ने गरेको बालकका बुवा करबीरले बताए । ‘सामान्य विषयलाई लिएर घरमै आएर पनि पटक-पटक कुटपिट गर्ने गरेको थिए,’ हामीले केही गर्न सकेका थिएनौं, आकाशका बुबा करबिरे नेपालीले भने, ‘अहिले त हातै भाँच्चिने गरी कुटपिट भयो ।’ पीडित बालकको स्थानीय मेडिकलमा हातको पलास्टर गरिएको छ।

बालक कुटपिटको विषयमा उजुरी प्राप्त आएको इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज भरत भण्डारीले बताए । ‘बालक कुटपिट गर्नेलाई उपचार गर्न लगाएका छौं, इन्चार्ज भण्डारीले भने, ‘थप अनुसन्धान भइरहेको छ।’उक्त गाउँमा दलित समुदाय थिचोमिचोमा पर्दै आएको स्थानीय बताउँछन् । ‘उक्त दलित बस्तीका नागरिक माथिल्लो जात भनिएकाले गरेको थिचोमिचो सहन बाध्य छन्,’ स्थानीय पदम नेपालीले भने।  

प्रतिक्रिया