फेरि १३ जनामा कोरोना, संक्रमितको संख्या १ सय ३४ पुग्यो

फेरि १३ जनामा कोरोना, संक्रमितको संख्या १ सय ३४ पुग्यो

सोमबारमात्रै थपिए २४ जना संक्रमित

काठमाडौं : तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। योसँगै सोमबार मात्रै २४ जना कोरोना संक्रमित भएका छन्। हालको अध्यावधिक विवरण अनुसार कोरोना पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र वुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा संक्रमण र बर्दिया राजापुर नगरपालिका-५ कि ११ वर्षकी बालिका भएको मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।

प्रतिक्रिया