१९१ जनामा कोरोना पुष्टि, प्रदेश १ मा ३५,प्रदेश २ मा ७३,बागमतीमा ६, गण्डकीमा २, प्रदेश ५ मा ७०,सुदूरपश्चिममा ५ जनामा कोरोना पोजिटिभ

१९१ जनामा कोरोना पुष्टि, प्रदेश १ मा ३५,प्रदेश २ मा ७३,बागमतीमा ६, गण्डकीमा २, प्रदेश ५ मा ७०,सुदूरपश्चिममा ५ जनामा कोरोना पोजिटिभ

काठमाडौं वैशाख ३० गते । मंगलबार एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  मंगलबार एकै दिन पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक गरी ५७ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्। ३३ जना निको भएका छन्। जसमध्ये तीन जनाको पुनः पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको छ।

संक्रमित सबैको आइसोलेसनमा उपचार भइराखेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन्। १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो। 

कुन प्रदेशमा कति संक्रमित

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश २ मा सबैभन्दा बढी ७३, प्रदेश ५ मा ७०, प्रदेश १ मा ३५,  बागमतीमा ६, सुदूरपश्चिममा ५, र गण्डकीमा दुई जना गरेर १९१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो। कर्णाली प्रदेशमा भने कोरोना संक्रमण देखिएको छैन। मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो। 

कुन जिल्लामा कति संक्रमित 
मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी संक्रमित पर्सामा ६४ जना छन्। मंगलबार मात्र ३९ जनामा संक्रमण देखिएको हो भने यसअघि २५ जना संक्रमित थिए।  त्यसैगरी उदयपुरका ३२ जना छन् भने कपिलवस्तुका २९ जना छन्। सँगै बाँकेका २४, रुपन्देहीका १६ र कैलालीका चार छन्।काठमाडौं र रौतहटमा तीनतीन, बागलुङ, चितवन, झापामा दुई-दुई बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ, सर्लाही एक–एक जना रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया