संक्रमितको संख्या २४५

संक्रमितको संख्या २४५

काठमाडाैं जेष्ठ १ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । मन्त्रालयले अघिल्लै दिन संक्रमितकाे सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेकाे हाे ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो ।आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सूचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।जिल्लाका फोकल पर्सन गिरेन्द्र झाले पनि जिल्लामा नयाँ व्यक्ति नथपिएका र मन्त्रालयको सूचना त्रुटिपूर्ण भएको बताए । महोत्तरीमा संक्रमितकाे संख्या ४ पुग्यो भन्दै आएका समाचार भ्रमपूर्ण रहेको पनि झाले बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ति नै जारी गरी त्रुटि भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया