शुक्रबार राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ १, २०७७     ::: 257 पटक पढिएको   |  

काठमाडौं जेठ १ गते : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनमा शुक्रबार सम्बोधन गर्दैछन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधन मार्फत् राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

संसद्‍मा प्रि-बजेट छलफल वैशाख २८ गतेदेखि  भएको थियो । प्रि बजेट छलफल प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा दुई दिन भएको हो ।  वैशाख २८, २९ र ३० गते प्रतिनिधिसभा र २८ र २९ गते राष्ट्रियसभामा प्रि बजेट छलफल भएको हो । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भएकाले त्यस अघि नै प्रि-बजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ। संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको हो।



Leave a comment

Your email address will not be published.


*