कोरोनाबाट नेपालमा एक जनाको मृत्यु,स्वास्थ्य मन्त्रालयको पुष्टि, संक्रमितको संख्या २ सय ८१ पुग्यो

कोरोनाबाट नेपालमा एक जनाको मृत्यु,स्वास्थ्य मन्त्रालयको पुष्टि, संक्रमितको संख्या २ सय ८१ पुग्यो

काठमाडौं जेठ ३ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) ले एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।

वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उनी २४ गते नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् । घर पुगेपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि समेत विभिन्न शारीरिक समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो । 

उनको आरडीटी र पीसीआर दुवै विधिबाट भएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएकाले उनको मृत्यु कोरोनाकै कारण भएको मन्त्रालयले पुष्टि गरेको हो ।२०७६ माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको नेपालमा कोरोनाले पहिलो पटक ज्यान लिएको हो । 

नको मृत्युपछि धुलिखेल अस्पताल र बाह्रविसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । ति ठाउँमा  आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ । नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्यु भएको हो । ३६ जना निको भएका छन् ।

प्रतिक्रिया