थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१

काठमाडौं जेठ ४ गते । : नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको  संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान ७:१५ बजे अध्यावधिक गरेको विवरणअनुसार थप १० जनामा नयाँ पुष्टी भएको हाे । नयाँ पुष्टि हुनेमा रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा.- ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ। हालसम्म प्राप्त विवरणअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य  रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया