थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं जेठ ११ गते । आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा  संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

आइतबार देखिएका संक्रमितमा मोरङका ४५ वर्षीय पुरुष, बाराका ३२ वर्षीय पुरुष, पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुष, काठमाडौँका ७९ वर्षीय पुरुष, नुवाकोटका ३९ वर्षीय पुरुषको छन्।

प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४  पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । नेपालमा संक्रमितको संख्याले ६०३ पुग्दा निको हुनेको संख्या  ८७ पुगेको छ ।  अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन्

प्रतिक्रिया