थप ७२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६७५ पुग्यो

थप ७२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं जेठ १२ गते । सोमबार थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो। यो सहित कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।

संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।  यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थप नयाँ संक्रमित हुनेमा एक महिला र अन्य ७१ जना पुरुष रहेका छन्।

प्रतिक्रिया