थप २१३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३४ सय ४८ पुग्यो

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३४ सय ४८  पुग्यो

काठमाडौं जेठ २५ गते ।  आइतबार थप २१३ जनामा कोरोन भाइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोग शालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। यो सहित संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट ९६ हजा र २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।

क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन्।  यस्तै ४६७ जना डिस्चार्ज भएका छन्। जसमध्ये पुरुष ३९९  जना र महिला ६८ जना  रहेका छन्।। पछिल्लो २४ घन्टामा  १०२ जना डिस्चार्ज भएका छन्। जसमध्ये २ महिला र सयजना पुरुष छन्। १३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। ७१ जिल्लामा  संक्रमण फैलिएको छ।

प्रतिक्रिया