कोराेनाको कहरमा दैलेख

कोराेनाको कहरमा दैलेख

महेन्द्र अधिकारी – प्रकृतिमा भरिपुर्ण हाम्रो दैलेखमा अहिले कोरनाले तहस नहस बनाएको छ । आफैमा सुन्दर र हिमाल पहाड र तराइको अनुभुति गर्न सकिने दैलेख जिल्लाको महाबु ४१०० मिटर उचाईमा रहेको छ । तल्लोडुङ्गेश्वर ६५० मिटर रहेको छ । यसरी विभिन्न जिउला र तडाको रुपमा रहेका हाम्रा खेत बारीहरु सिचाई र जोतखन नर्गनाले बाँझो रहेका छन । अहिले दैलेखमा कोरोनाले त्रसित बनाएको छ । दैलेखी आमा चिच्याई रहेकी छिन् । दैलेख बचाउन हरेक पहलकदमीको आग्रह गरिरहेकि छन् । तर पनि दैलेखमा दिनानुदिन कोनाना संक्रमितको संख्या बढ्दै गएको छ । सोमवारसम्म दैलेखमा पीसीआर परिक्षणबाट पोजेटिभ भएको सख्या ३६७ रहेको छ । अझै कति बढ्दै जाने हो थाहा छैन् । यसरी दैलेखले रोग र भोगसँग कति समयसम्म लड्नु पर्ने हो त्यो पनि थाहा छैन ।
बिदेशमा गएर आफ्नो गुजरा गरिरहेका दाजुभाईहरु रोगको डरले आफ्नो घर सम्झी आफ्नो देशमा आएका छन् । कारण सुरक्षीत हुनु थियो तर यसले झन भयावह स्थिती सृजना भएको छ । कतिपय दाजुभाइहरु त आफु र आफ्नो परिवारका लागी आफ्नो पीसीआर परिक्षणको माग गरीरहेका छन् । भने कतिपय घर छिटो जान पाउँ भनिरहेका छन् । यस्तो प्रकृतिको सुन्दरता बोकेको जिल्लाले मन्त्रालयको सचिव, सहसचिव जन्मायो, प्राध्यापक जन्मायो, डाक्टर, इन्जीनियर जन्मायो तर मन्त्रीपरिषदमा पुग्ने नेता जन्माएन । त्यसैले दैलेखी आमा चिच्याएर रुदैँछन् । मेरो दैलेख बचाई देउ नेपालका तिन तहका सरकारका लागी हामस्ले बिभिन्न पाटीका चुनाव चिन्नमा छाप लगाउदै पठाएका हाम्रा जनप्रतिनिधि, संसदमा चिच्याईरहेका छन् । तर आज सरकार यो रोधनको मुल्य दिन तयार छैन् । किनकि त्यो सरकारको मन्त्रीपरिषदमा दैलेखी आमाको छोरा छैन । त्यसैले दैलेखी आमा भन्दै छन् मैले एउटा नेपालको राजनीतिमा मन्त्रि बन्ने छोरा जन्माउन सकिन् कि जसको कारणले आज दैलेखको आवाजलाई अरुले सुन्न तयार छैनन् ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य आपतकालीन तथा विपद् ब्यवस्थापन इकाईको मिति २०७७।०२।२१ एउटा सुचनाअ नुसार कोभिड बिरामीलाई Symptom free भएको तिनदिन र जम्मा १४ दिनको आईसोलेसन पछि टेस्ट नगरी डिस्चार्ज गर्न गराउन जानकारी गरिन्छ भन्ने पत्र पश्चात झन त्रास फैलिएको छ । अर्कोतिर आरडीटी परिक्षण गरेर घर पठाएका मान्छेमा पनि पीसीआर परिक्षण गर्दा पोजेटिभ आए पछि झनै समाजमा मानिसलाई त्रास बढाएको छ । क्वारेन्टाइनको ब्यवस्था राम्रो नहुँदा कोरोना बाहेक अन्य रोग लाग्ने सम्भावना रहेको छ । सरकारसंग लगडाउन गरेको प्रयाप्त समय हुँदाहुँदै पनि समयमै यसको ब्यवस्थापन गर्न नसक्नाले कोरोना सक्रमणबाट ज्यान जाने जोखिम रहेको छ । यस्ता विविध कारणले संकटमा परेको दैलेखलाई तपाई हामी सबै आत्म मनोबलका साथ काम गर्न जरुरत छ ।
सरकारले जतिसक्दो छिटो पीसीआर परिक्षण मेसिन दैलेको २ ठाउँमा जडान गरी परिक्षणको दायार बढाएर संक्रमितको संख्या पत्ता लगाउन जरुरी छ । सरकार परिक्षण त आरडीटी नेगेटिभ आएको पनि गर्न जरुरत छ । स्वास्थकर्मी, सुरक्षाकर्मी र कोभिड–१९ विरुद्ध काम गर्ने सम्पुर्णको परिक्षण गर्न सकियो भने मात्र हामी कोभिड १९ बाट बच्न सक्छौ । अहिलेसम्म समुदायमा संक्रमण फलीएको छैन । तर, यसरी आरडीटी मात्र परिक्षण गरी पठाइयो भने समुदायमा पनि संक्रमण फलीयो भन्न धेरै दिन कुर्नु पदैन सरकार । त्यसले दैलेखी आमाको रोदनलाई सुनिदेउ सरकार । दैलेख बचाउन हामी सबैको बराबरी जिम्मेवारी र सबै सचेत रहौँ र आत्मबलका साथकाम गरौँ । हामी सफल हुनेछौ । र कोरोनालाई नियन्त्रण गर्न सक्नेछौ ।

प्रतिक्रिया