नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय १४ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय १४ पुग्याे

काठमाडौं जेठ २९ गते ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको हो । बुधबार २७९ जनामा कोरोना पुष्टि भएको थियो भने मंगलबार ३२३  जनामा संक्रमण पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने आठ सय ६१ पुगेको छ । बिहीबार १८७ जना डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९ सय ३० जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७८ हजार एक सय ४३ को नमुना परीक्षण गरिएको छ ।  मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा एक लाख ६२ हजार दुई १३ जना बसेका छन् भने तीन हजार सात सय ३८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

प्रतिक्रिया