नेपालका ७२ जिल्लाका ५३ सय ३५ संक्रमित

नेपालका ७२ जिल्लाका ५३ सय ३५ संक्रमित

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड–१९) कै कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेका हुन्।  

प्रवक्ता गौतमका अनुसार पर्साको वीरगज्जका २५ वर्षीय पुरुषको व्यवहारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।  जेठ २८ गते शव भेटिएपछि उनको स्वाब परीक्षण नारायणी अस्पतालमा गरिएको थियो।  शुक्रबार उनको स्वाबको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।  

त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालककको समेत कोरोनाकै कारण मृत्यु भएको छ।  उच्च ज्वरोका कारण जेठ ३० गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका बालकको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।  कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको प्रवक्ता गौतमले जानकारी दिए।  

शनिबार दुई जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएपछि नेपालमा कोरोना पोजिटिभबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।  संक्रमितको संख्या भने ५३ सय ३५ पुगेको छ भने ९१३ जनाले कोरोनालाई जितेका छन्।  

शनिबार मात्र २७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ९१३ पुगेको छ ।  शनिबार संक्रमण पुष्टि भएका २७३ मध्ये २४७ पुरुष र ३६ महिला छन् । ४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ भने ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।

शनिबारसम्म लाख ५० हजार ५ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । चार हजार ४ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।  अहिलेसम्म एक लाख २७ हजार २ सय ८८ जनाको पीसीआर र एक लाख ९० हजार ५ सय ८२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । 

प्रतिक्रिया