नेपालमा काेराेना संक्रमितको संख्या ५७ सय ६० पुग्यो

नेपालमा काेराेना संक्रमितको संख्या ५७ सय ६० पुग्यो

काठमाडौं जेठ ३२ गते । आइतबार एकै दिन थप ४२५  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार आइतबार ४२५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ५७ सय ६० पुगेको हो। नयाँ संक्रमितमध्ये ३७५  पुरुष र महिला ५० महिला रहेका छन्।

आइतबार मात्रै २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार  पीसीआर विधिबाट १  लाख ३३ हजार ३७७  र आरडीटी विधिबाट  २ लाख १० हजार७२१  जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ०८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार  ६४१जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा  ४ हजार ७६८ जना रहेका छन्। 

यस्तै आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ र  ९७ महिला रहेका छन्।नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ।

प्रतिक्रिया