निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने

निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने

काठमाडौँ जेठ ३२ गते । सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताए ।

उनले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा ५ हजार ५ सय तिरेर गर्न सकिने व्यवस्था समेत गरेको जानकारी दिए । उनले भने, ‘पीसीआर परीक्षणका लागि प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले मात्र यो परीक्षण गर्न पाउने छन् ।’

उनले कुनै पनि व्यक्तिले बाहिर यात्रा गरेर आउँदा संक्रमणको जोखिम रहेपनि कोरोना परीक्षण नै गरि हाल्नुपर्ने व्यवस्था नभएको बताउँदै जोकोहीलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोाग हुने सक्ने बताए । उनले सर्वसाधाराणलाई अत्यावश्क नपरे यात्रा नगर्न आग्रह गरे ।सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई प्रति पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय भुक्तानी गर्ने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया