एमसीसीका आलोचकलाई प्रधानमन्त्रीको प्रश्न : सम्झौता पढ्ने कि हल्लाका पछि कुद्ने ?

एमसीसीका आलोचकलाई प्रधानमन्त्रीको प्रश्न : सम्झौता पढ्ने कि हल्लाका पछि कुद्ने ?

‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? अचम्म लाग्छ’

काठमाडौं ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पढ्दै नपढी विरोध गर्ने प्रवृत्ति देखिएको बताएका छन् । आफूले एमसीसी सम्झौता पढेको मान्छे धेरै नभेटेको बताउँदै उनले एमसीसीको विरोध गर्नेहरुको तर्क सुन्दा अचम्म लाग्ने गरेको बताए ।विहीबार राष्ट्रियसभामा लामो मन्तव्य दिँदै प्रधानमन्त्रीले एमसीसीका विषयमा भने ‘एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका घरमा कुद्ने, जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ?’

राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रिय योजना आयोगको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओली उपस्थित भएका थिए ।यस क्रममा उनले एमसीसी सम्झौताको बचाऊ गर्दै भने, ‘..त्यसमा (एमसीसीमा) प्रबन्ध छ, त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक यहाँ यहाँ छ भन्नु एउटा कुरा हो । लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन्, के पढ्छन् ? अचम्म लाग्छ !’प्रधानमन्त्री ओलीले देशको विकास हुन लागेकोमा चिन्ता लागेको हो भनी आलोचकलाई प्रश्न गरे । उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? कि यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता ?’

एमसीसीबारे प्रधानमन्त्रीको भनाइ जस्ताको त्यस्तै

अहिले केही केहीहरुले हल्ला चलाएका छन् । पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेको मान्छे मैले त्यति भेटिनँ । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका घरमा कुद्ने, जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ?खुट्टाले टेक्ट छोडेर हातले टेकेर खुट्टा ठाडो पार्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टैले टेकेर हिँड्नुपर्छ । खुट्टाले टेक्ने भनेको जे त्यसमा (एमसीसीमा) प्रबन्ध छ, त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक यहाँ यहाँ छ भन्नु एउटा कुरा हो ।लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन्, के पढ्छन् ? अचम्म लाग्छ !

कागले कान लग्यो भन्दाखेरि लाँदा त दुख्छ होला नि ! दुख्या छैन भने होइन होला भन्ने थाहा पाउन प¥यो नि ! दुख्या छैन भने भने छाम्नु त प¥यो नि ! दुख्यो दुखेन पनि वास्ता नगर्ने छ कि छैन पनि नछाम्ने अनि लहैलहैमा कुद्ने, यो प्रवृत्ति देख्दा अचम्म लाग्छ ।अहिले यो सडकको विषय पनि बनेको छ, अन्तको पनि विषय बनेको छ । तर पढे हुन्थ्यो नि, सम्झौतामा के लेखेको छ ।कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? कि यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता ?ठीकै छ । यस विषयमा माननीयज्यूहरुसमक्ष आप्नो विचार अर्को समयमा राख्छु, छलफलमा आउने नै छ ।

प्रतिक्रिया