थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौँ असार ८ गते । पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको बताए ।थपिएका नयाँ संक्रमितहरु मध्ये झापाका ३ , मोरङका १२, सप्तरीका १५ , धनुषाका १० , महोत्तरीका १,अछामका २, अर्घाखाँचीका ९ , बैतडीका १४ , डडेलधुराका १५, डोटीका ७ , गुल्मीका ५६ , जाजरकोटका १ , कैलालीका ५८ , नवलपरासीका ५ , सर्लाहीका ४७ ,सिन्धुपाल्चोकका २ , सिरहाका २३, स्याङजाका ३३ , पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४ , रुपन्देहीका १० , चितवनका ५ , नवलपरासी पूर्वका २४ , ओखलढुंगाका १ , तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणलाई जितेर ३ सय ७० डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पताल दाङबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्प्तालबाट २८ जना, दैलेख अस्पताल दुल्लुबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पताल विरगञ्जबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या २ हजार १४२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ६८ हजार १ सय ३ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ५ हजार ९२९ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ८१ हजार ३७१ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ६ हजार १९८ परीक्षण भएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९० हजार ७३० जना रहेका छन् ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार २३१ जना रहेका छन् ।

प्रतिक्रिया