कोरोना संक्रमितको संख्या १० हजार नाघ्‍यो : २४ जनाकाे मृत्यु, २२२४ डिस्चार्ज

कोरोना संक्रमितको संख्या १० हजार नाघ्‍यो : २४ जनाकाे मृत्यु, २२२४ डिस्चार्ज

काठमाडौं असार ९ गते । : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो। कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ र आरडीटी विधिबाट दुई लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइाखेको छ । कोरोना जित्नेको संख्या भने दुई हजार २ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले मृत्यु हुनेको संख्या २४ पुग्यो : २२२४ डिस्चार्ज

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। सोमबार दैलेकको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार उनको असार ८ गते (सोमबार) साँझ प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको हो। उनी क्षयरोग र दमका रोगी थिए। उनलाई असार ३ गते दैलेखबाट थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। असार ३ गते कोरोना परीक्षणका लागि लिइएको उनको स्वाबको रिपोर्ट असार ४ गते पोजिटिभ आएको थियो। उनको निधन भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या २४ पुगेको हो। 

अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार गराइरहेका  उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको थियो।  योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ र आरडीटी विधिबाट दुई लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ। अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन्। त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइाखेको छ। कोरोना जित्नेको संख्या भने दुई हजार २ सय २४ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरस संक्रमिततको संख्या १० हजार नाघेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो। कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।  

 

प्रतिक्रिया