पढाई कुना निर्माण समाग्री सहयोग

पढाई कुना निर्माण समाग्री सहयोग

दैलेख असार १६ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले पढाई कुना निर्माण सामग्री सहयोग गरेको छ । संस्थाले बालबालिकाहरुलाई सामग्री सहयोग गरेको हो । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाले सामग्री सहयोग गरेको हो ।
भैरवी गाउँपालिका वडा न. १ मा रहेको फूलबारी बाल क्लब र वडा न. ५ मा रहेको समाज सुधार बालक्लवका सदस्यहरुलाई सामग्री सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक निर्देशक दुर्गा गिरीले बताउनुभयो । बालबालिकाहरुका अभिभावकहरुलाई घरमा पढ्ने वातावरण निर्माण र बालबालिका र अभिभावक आचारसंहिता निर्माणको महत्व बारेमा जानकारी गराई पढाई कुना निर्माण सामाग्रीहरु हस्तान्तरण गरिएको गिरीले जानकारी दिनुभयो ।
त्यस्तै घरमा बालबालिकालाई पढ्नको लागि छुट्टै कोठा तयार पारि उनिहरुलाई पढ्ने समय एंव वातावरण तयार पारि उनिहरुको पढाईलाई निरन्तरता दिनको लागि दुई वटा वडाका २० जना बालबालिकाहरुलाई सामाग्री हस्तान्तरण गरिएको हो । उक्त सहयोगमा अंग्रेजी डिस्नेरी, सामान्य ज्ञान, अग्रेजीग्रामर, कलर, ड्रोइङ पेपर, कपी, डट्पेन, पेन्सील, इरेजर, कटर र फेवीकल रहेको छ । सामाग्रीहरु लिने बालबालिकाहरु ४ कक्षा देखि ८ कक्षासम्म अध्ययनरत बालबालिकाहरु हुन् । लकडाउनको अवस्थामा उनिहरुको पढाईलाई निरन्तरता दिनको लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया