थप ४८२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४ हजार नाघ्यो

थप ४८२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं असार १७ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।  बुधबार मात्र  चार सय ८२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार नाघेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ छ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।

प्रतिक्रिया