कोरोनाले मृत्यु हुनेको संख्या ३० पुग्यो : ४६५६ डिस्चार्ज

कोरोनाले मृत्यु हुनेको संख्या ३० पुग्यो : ४६५६  डिस्चार्ज

फाइल तस्बिर

काठमाडौं असार १७ गते ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३० पुगेको हो । अछाम रामरोशन गाउँपालिका ४५ वर्षीय एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते मृत्यु भएको थियो । 

उनी मधुमेहबाटसमेत पीडित भएको गौतमको भनाइ छ । उनको मृत्युपछि लिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।  बुधबार मात्र  चार सय ८२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार नाघेको हो । 

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ।  मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।

प्रतिक्रिया