राष्ट्रपतिबाट संसद्‍को बजेट अधिवेशन अन्त्य

राष्ट्रपतिबाट संसद्‍को बजेट अधिवेशन अन्त्य

काठमाडौं असार १८ गते ।  बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाइएको थियो । सोही सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार साँझ ५ बजेबाट संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसदको दुवै सदनको चालु अधिवेशन अत्य गरेकी हुन् । बिहीबार साँझ ५ बजे लागू हुनेगरी राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् । 

प्रतिक्रिया