चार प्रहरी निरिक्षक सहित ८७ जना प्रहरीमा कोरोना संक्रमण

चार प्रहरी निरिक्षक सहित ८७ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं असार १९ गते । मुलुकका विभिन्न २५ जिल्लाका ८७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा ४ जना इन्स्पेक्टर, ७ जना सई, ६ जना असई, २५ जना हवल्दार, ४४ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी छन् । जसमा  २ महिला र ८५ पुरुष छन् । ४१ जना  डिस्चार्ज भइसकेका छन् । ४७ जनालाई क्वारेन्टिनमा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका २, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् । यस्तै महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका १४, कञ्चनपुरका ३, अछामका १, बाजुराका ३, काठमाडौंका ६ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया