पाँच जिल्ला कोरोनामुक्त, ७ हजार ८९१ निको भए

पाँच जिल्ला कोरोनामुक्त, ७ हजार ८९१ निको भए

काठमाडौं असार २५ गते । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएपछि पाँच जिल्ला कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पाँच जिल्ला कोरोनामुक्त भएको जानकारी दिए। धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएको उनले पुष्टि गरेका हुन्। यस्तै मन्त्रालयका अनुसार छ जिल्लामा भने कोरोना संक्रमित बढिरहेका छन्।महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी कोरोनाका बिरामी रहेको मन्त्रालय जनाएको छ।

नेपालमा कोरोना संक्रमण घट्दै गएको मन्त्रालयको दावी  छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले  जिल्लाका  धेरैजसो क्वारेन्टाइन र आइसोलेसन रित्तिदै गएको समेत जानकारी दिए।  मन्त्रालयका अनुसार बिहीबार १०८ जनामा कोरोना संक्रमण देखिएको छ।हालसम्म कोरोनाबाट संक्रमित हुनेको १६ हजार ५३१ संख्या पुगेको छ।

गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ५८८ नमूना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ। गरिएको मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या पुगेको २४ हजार ४२५ छ भने आइसोलेसनमा ८ हजार ६०५ जना रहेका छन्। 
गत २४ घन्टामा १३९ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार योसहित कोरोना जित्नेको ७ हजार ८९१ संख्या पुगेको छ। हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया