सात जिल्ला कोरोनामुक्त, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी संक्रमित

सात जिल्ला कोरोनामुक्त, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी संक्रमित

काठमाडौं साउन ६ गते ।: पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दै गएको मन्त्रालयले जनाएको छ।संक्रमण दर घट्दै गएसँगै ७ जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्। 

भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयका अनुसार ३ जिल्लामा ५ सय बढी कोरोनाका बिरामी रहेका छन्।बाजुरा, कैलाली र रौतहटमा संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ।

मंगलबार मात्रै सातवटै प्रदेशमा १५० जनामा कोरोना संक्रमण देखिएको छ।मंगलबारसम्म ५ हजार ४ सय ७७ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।जसमध्ये प्रदेश १ मा १०८ जना, प्रदेश २ मा १ हजार ९ सय१३, बागमती प्रदेशमा ४२१ जना, गण्डकी प्रदेशमा ३८० जना, प्रदेश ५ मा ३७० जना, कर्णाली प्रदेशमा २९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ४ सय ७७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९सय ६३ जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ७७ जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ४ सय ७७ पुगेको छ।  हालसम्म ४० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया