कोरोनाले मृत्यु हुनेको संख्या ४३ पुग्यो : १२ हजार ८४० डिस्चार्ज

कोरोनाले मृत्यु हुनेको संख्या ४३ पुग्यो : १२ हजार ८४० डिस्चार्ज

काठमाडौं साउन ८ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार  वीरगञ्जमा एक जनाको मृत्यु  भएको हो। वीरगन्जको माइस्थानका ४० वर्षीय ति पुरुषको साउन ७ गते मृत्यु भएको हो। 

बुधबार धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको थियो।  बिहीबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ। बुधबार १०० र मंगलबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार आठ सय ४० पुगेको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ५८ जना रहेका छन्।  जसमध्ये प्रदेश १ मा १२४, प्रदेश २ मा एक हजार एक सय ९७, बागमती प्रदेशमा ४२७, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३४४, कर्णाली प्रदेशमा ३०४ र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय ३८ जनाको उपचार भइराखेको छ।   

प्रतिक्रिया