१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार, वृद्ध पक्राउ

१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार, वृद्ध पक्राउ

विराटनगर साउन ९ गते ।  : मोरङको केराबारी गाउँपालिकामा फरक क्षमता (अपांगता) भएकी बालिका बलात्कृत भएकी छन् ।बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक वृद्धलाई बिहीबार राति पक्राउ गरेको छ । शारीरिक रुपमा अपांगता रहेकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा संलग्न रहेको पाइएपछि केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

प्रहरीले राति १० बजे पक्राउ गरेर लिम्बूलाई कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याएको छ । बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध पक्राउ परेका हुन्।  

लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर  बालिकामाथि जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर बालिकामाथि बलात्कार गरेको खुलेको छ। 

प्रहरीका अनुसार बालिकाको शरीरको एउटा पाटो चल्दैन । उनी राम्ररी बोल्नसमेत सक्दिनन् । बालिकाका अभिभावकले बलात्कारमा संलग्न लिम्बूलाई कानुनी कारबाहीको माग गर्दै शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने एसपी खड्काको भनाइ छ । 

प्रतिक्रिया