कोरोना महामारीमा महिला तथा बालबालिकामाथी हुने हिंसा बढ्यो : संस्थापक अध्यक्ष थापा

कोरोना महामारीमा महिला तथा बालबालिकामाथी हुने हिंसा बढ्यो : संस्थापक अध्यक्ष थापा

दैलेख साउन ११ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण महिला तथा बालबालिका माथी हुने हिंसामा बृद्धि भएको बताउनुभएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजजा तर्जुमा गोष्ठिको उद्घाटन कार्यक्रममा उहाँले गरिबीसँग जोडिएको आर्थिक अभाव, बेरोजगारीले हुने मानसिक तनाव जस्ता कुराले हिंसा बढाएको बताउनुभएको हो । दुईदिनसम्म चल्ने गोष्ठि उद्घाटन कार्यक्रममा उहाँले कोरोनाका कारण कानुनी दायरामा ल्याउन नसकेकै कारण बालविवाहमा बृद्धि आएको उल्लेख गर्नुभयो । संस्थापक अध्यक्ष थापाले यो विषम परिस्थितीमा महिला तथा बालबालिकामाथी भईरहेको हिंसा न्यूनिकरणमा चनाखो भई महिला र बालबालिकालाई विशेष प्राथमिकतामा राखेर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
संस्थाले पहुँच विहिनहरुलाई प्राथमिकतामा राखेर न्याय दिलाउन काम गरिरहेको उल्लेख गर्दै संस्थापक अध्यक्ष थापाले पीडितलाई न्याय दिलाउने क्रममा आउन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गर्नुभयो । कोरोना भाइरस रोकथाम, नियन्त्रण लगाएत राहत तथा स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण कार्यक्रममा संस्थामा आबद्ध कर्मचारीहरुले गरेको योगदान महत्वपूर्ण रहेको थापाको भनाई छ । उहाँले महिनावारीलाई मर्यादित बनाउन र बाल विवाह अन्त्यका लागि सबैको एक्येबद्धता जरुरी रहेको बताउनुभयो ।


सोहि अबसरमा कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले कोरोना भाइरसको महामारीको समयमा पनि संस्था र संस्थामा कार्यरत कर्मचारीहरुले गरेको कामलाई संस्थाले उच्च मुल्यांकन गरिरहेको बताउनुभयो । उहाँले जवाफदेहि सेवा, प्रभावकारी तथा गुणस्तरिय कार्यक्रम परियोजना कार्यान्वयनमा जोड दिनुभयो । महासचिव मञ्जु खड्काले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख महिला बालबालिकाको लागि काम गर्ने गैरसरकारी संस्थाको रुपमा परिचित भएको बताउनुभयो । उहाँले पिछडीएका वर्गलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यसमिति सदस्य कमला बादी नेपालीले बाल विवाह अन्त्य, बाल अधिकार संरक्षण र प्रर्वद्धन तथा मर्यादित महिनावारीका लागि काम गरिरहेको उल्लेख गर्नुभयो । विन तथा नाउ फाउण्डेशनका निर्देशक सुजन न्यौपानेले बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजजा तर्जुमा गोष्ठिको शुभकामना दिनुभयो ।
संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमहरुको बारेमा बुझाई जानकारी तथा अनुभव आदानप्रदान गर्ने, संस्थाद्धारा सञ्चालित परियोजनाहरुको आर्थीक बर्ष २०७६/०७७ मा गरिएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गर्ने उदेश्यले गोष्ठि आयोजना गरिएको उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी गोष्ठिमा परियोजनाका क्रियाकलाप सञ्चालनका क्रममा आईपरेका समस्या तथा चुनौतीका बारेमा छलफल तथा आगामी दिनका लागि कार्य सञ्चालन रणनीति तयार गर्ने परियोजना तथा कार्यक्रमहरुको आर्थीक बर्ष २०७७/०७८ को प्राथमिकता निर्धारण गर्ने, परियोजना तथा कार्यक्रमहरुको कार्ययोजना तथा कार्यक्रम सञ्चालन निर्देशिका तयारका लागि वातावरणको श्रृजना गर्ने र सिकाई अनुभव ज्ञान तथा पहिचानको बारेमा छलफल हुने उहाँको भनाई छ ।
संस्थाद्धारा विभिन्न साझेदार संस्थाहरुको सहयोग तथा साझेदारीमा आर्थीक बर्ष २०७६/०७७ मा सहयात्रा–दोस्रो परियोजना, उत्थान परियोजना, आधार परियोजना, राउटे परियोजना, एकिकृत जलस्रोत व्यवस्थापन परियोजना, अधिकारमा आधारित जीविकोपार्नन सुधार परियोजना, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना, आधार परियोजना, आशा आयोजना, बाल हेल्पलाइन १०९८, साकार परियोजना, स्मार्ट परियोजना, गिफ्ट परियोजना गरी १२ वटा कार्यक्रम परियोजनाहरु सञ्चालन गरिएको उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताउनुभयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण संस्थाका कार्य समिति सदस्य, परियोजना कार्यक्रमका प्रमुखहरुको सिमित उपस्थितीमा बार्षिक समिक्षिा सञ्चालन गर्नुपरेको उपकार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । आइतवार देखि सुरु भएको बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजजा तर्जुमा गोष्ठि सोमवार सकिनेछ ।

प्रतिक्रिया