तीन जिल्लामा ५ सय बढी संक्रमित, ६ जिल्ला कोरोनामुक्त

तीन जिल्लामा ५ सय बढी संक्रमित, ६ जिल्ला कोरोनामुक्त

काठमाडौं साउन ११ गते । हालसम्म कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट ६ जिल्ला कोरोनामुक्त भएका छन् भने तीन जिल्लामा पाँच सय बढी बिरामी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले रौतहट, कैलाली र बाजुरामा कोरोना भाइरसका ५ सय बढी बिरामी रहेको र पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना शून्य रहेको छ जानकारी दिए।

मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर ५ हजार ४ सय ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्। आइतबार मात्र थप १३० जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८  हजार ६ सय १३ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार १२८  पुगेको छ।क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ४०जनाको उपचार भइराखेको छ ।हालसम्म कोरोना संक्रमणबाट ४५ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया