कोरोना नियन्त्रण : दैलेख समाज दक्षिण कोरियाद्धारा नारायण नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

कोरोना नियन्त्रण : दैलेख समाज दक्षिण कोरियाद्धारा नारायण नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दैलेख साउन १८ गते ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दैलेख समाज दक्षिण कोरियाले नारायण नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । दैलेख समाज दक्षिण कोरियाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दैलेख समाज दक्षिण कोरियाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । दैलेख समाज दक्षिण कोरियाको सहयोग तथा लायन्स क्लब दैलेखका कोषाध्यक्ष एवं सञ्चारकर्मी अविशेक अनुराग, दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेशकुमार हमालको समन्वयमा स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।
आइतवार नारायण नगरपालिकामा आयोजित एक कार्यक्रममाबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब दैलेखका कोषाध्यक्ष एवं सञ्चारकर्मी अविशेक अनुराग, दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेशकुमार हमालले नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का, वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका छन् ।
चार सेट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), सय वटा सर्जिकल ग्लोब्स, एक सय ४० थान एन नाइन्टी फाइभ मास्क, डिस्पोजल ग्लोब्स, थर्मोमिटर, सेनीटाइजर, बाल्टिन लगाएतका स्वास्थ्य तथा सरसफाईका सामग्री नगरपालिकालाई सहयोग उपलब्ध गराइएको हो । दक्षिण कोरियामा रहेका दैलेखी नागरिकबाट रकम उठाई स्वास्थ्य सामग्री सहयोग गरिएको दैलेख समाज दक्षिण कोरियाका बरिष्ठ सल्लाहकार बखत थापाले बताए ।
दैलेख समाज दक्षिण कोरियाले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले अप्ठ्यारो अवस्थामा साथ दिनेहरू नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिए । उनले उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु आवश्यकताका आधारमा प्रयोग गरिने बताए ।

प्रतिक्रिया