सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी

सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी

काठमाडौं साउन २५ गते । गृहमन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ । सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा गरेको छ ।गृह मन्त्रालय सह–प्रवक्ता एवं उपसचिव उमाकान्त अधिकारी म्याग्दीको सीडीओ भएका छन् । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको सीडीओ बनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका  सहायक सीडीओ खिमलाल भुसाललाई प्युठानको सीडीओ बनाइएको छ ।  त्यस्तै  सहायक सीडीओ धु्रव गिरीलाई स्याङजाबाट सरुवा गरेर मनाङको सीडिओ बनाइएको छ । त्यस्तै  सहायक सीडीओ राजकुमार राईलाई झापाबाट सरुवा गरेर पूर्वीरुकुमको सीडीओ बनाइएको छ । 

प्रतिक्रिया