देशभर १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

देशभर १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं साउन २७ । नेपालमा १८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६० महिला र १२३ पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार प्रदेश २ मा सबैभन्दा बढी ७८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५८ पुरुष छन् भने २० महिला । 

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १४ पुरुष र १३ महिला गरेर २७ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कर्णाली प्रदेशमा १६ पुरुष र ६ महिला गरेर २२ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । 
सँगै गण्डकी प्रदेशमा १४ पुरुष र ६ महिला गरेर २० स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ भने बागमती प्रदेशमा ८ पुरुष र ८ महिला गरेर १६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । 

प्रदेश ५ मा ६ महिला र ६ पुरुष गरेर १२ र प्रदेश १ मा ७ पुरुष र १ महिला गरेर ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ पुगेको छ । कुल संक्रमितको संख्या भने २३ हजार ९४८ रहेको छ । 

प्रतिक्रिया