लगातार उकालो लागिरहेको सुनको भाउ ह्वात्तै घट्यो

          |   प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     ::: 145 पटक पढिएको   |  

काठमाडौँ साउन २८ गते । लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो ।  मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० कायम भएको छ । मंगलबार नेपाली बजारमा चाँदीको बजारमूल्य एक हजार ४ सय ३५ कायम भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि भाउ घटेको महासंघले बताएको छ ।



Leave a comment

Your email address will not be published.


*