अन्तराष्ट्रिय युवा दिवस : भैरबीमा अन्तरक्रिया

अन्तराष्ट्रिय युवा दिवस : भैरबीमा अन्तरक्रिया

दैलेख साउन २८ गते ।
अन्तराष्ट्रिय युवा दिवस । नेपाल लगायत विश्वमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाईएको छ । दिवसको अबसरमा दैलेखको भैरबी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको सहजिकरणमा अन्तरक्रिया गरिएको हो ।
भैरबी गाउँपालिका वडा नम्बर ४ र ५ मा गठित युवा क्लब र युवा कचहरीका सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताईन् । दुई दिनसम्म सञ्चालन भएको अन्तरक्रिया बासुधारा युवा क्लब, भैरबी युवा क्लब लगाएतका क्लब र युवा कचहरीमा अन्तरक्रिया गरिएको नेपालीले बताइन् । अन्तरक्रियामा राष्ट्रिय युवा नीति, मुलुकको समृृद्धीका लागि युवाको भूमिका, युवाका समस्या चुनौतीबारे छलफल गरिएको थियो । यस्तै स्थानीय तहबाट युवाहरुले पाउने सेवा सुविधाबारे युवाहरुलाई जानकारी गराईएको थियो ।

प्रतिक्रिया