कोरोनाबाट थप ३ को मृत्यु, मृतकको स‌ंख्या १०२ पुग्यो

कोरोनाबाट थप ३ को मृत्यु, मृतकको स‌ंख्या १०२ पुग्यो

काठमाडौँ साउन ३१ गते । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको हो ।कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना संक्रमण

नेपालमा थप ४६८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए ।मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ५ हजार ६६० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७१६ जना रहेको छ ।मन्त्रालयका अनुसार देशभरी होम आइसोलेसनमा ५२३ जना रहेका छन् ।प्रदेश १ मा ११५, प्रदेश २ मा ९८, वाग्मती प्रदेशमा १०५, प्रदेश ५ मा ९०, कर्णाली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा १०७ जना रहेका छन् । गण्डकी प्रदेशमा भने कोही पनि होम आइसोलेसनमा रहेका छैनन् ।

जिल्लागत नयाँ संक्रमितको विवरण

  • काठमाडौं ८०
  • ललितपुर ९
  • भक्तपुर ९
  • चितवन ९
  • बाँके ११
  • बर्दिया १२
  • धनुषा २७
  • काभ्रेपलाञ्चोक ९
  • रामेछाप १
  • मोरङ ६५
  • सप्तरी २
  • सिराह ५
  • सुनसरी १९
  • तेह्रथुम १
  • बझाङ १
  • डडेल्धुरा १
  • दोलखा ५
  • उदयपुर २
  • कपिलवस्तु ३२
  • नवलपरासी पूर्व २
  • बारा २
  • पर्सा २४
  • खोटाङ ६
  • रसुवा १
  • सर्लाही ५४
  • कास्की ११
  • दैलेख ३
  • सुर्खेत ५
  • गुल्मी १
  • रुपन्देही २
  • महोत्तरी ९
  • बागलुङ २
  • गोरखा १
  • स्याङ्जा १
  • तनहुँ १
  • दाङ ११
  • बर्दिया २
  • सिन्धुली १
  • मकवानपुर २१
  • रौतहट ४

प्रतिक्रिया