खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

काठमाडौं भदाै ६ गते । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ ।

यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषदको निर्णय छ ।कांग्रेसले भने पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पिडामाथि पीडा थप्ने भन्दै विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै भनेका छन्, ६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ?

एक त चार्टर फ्लाइटको महंगो टिकट काट्नुपर्ने, होटेल क्वारिन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परिक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने, कांग्रेसले भनेको छ, अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘बर्ग शत्रु’ को ब्यवहार ? यसले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा सरकारको मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको कांग्रेसले बताएको छ । साथै दिनमा तीन वटा मात्र उद्वार फ्लाइट गर्दा कतिपय देशका नेपाली घर फर्किन महिनौं लाग्ने चिन्ता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया