सेभ द चिल्ड्रेनद्वारा सात थान आईसीयू भेन्टिलेटर सहयोग

सेभ द चिल्ड्रेनद्वारा सात थान आईसीयू भेन्टिलेटर सहयोग

काठमाडौं भदाै ८ गते । सेभ द चिल्ड्रेनले ग्लोबल फन्ड परियोजनामार्फत सात थान मेकानिकल भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरका ती भेन्टिलेर कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुनेछ ।

सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फण्ड प्रोजेक्टले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सात वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेस मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वष्ठि विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरे ।

‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समूदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ’ सेभ द चिल्ड्रनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भने । कोभिड–१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ ।

यसैबीच कोभिड–१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया