थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

काठमाडौं भदाै १६ गते । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो।पछिल्लो २४ घण्टामा महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ। पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ। त्यस्तै सिरहाका १, बाराका १, चितवनका १ र मकवानपुरका १ जनाको मृत्यु भएको हो। 

प्रतिक्रिया