कर्णालीमा थपिए २८ जना कोरोना संक्रमित

कर्णालीमा थपिए २८ जना कोरोना संक्रमित

दैलेख भदाै २४ गते । वीरेन्द्रनगरका १७ जनासहित कर्णालीमा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँच जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी अस्पताल प्रयोगसाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार २८ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित मध्य सुर्खेतका १७ जना, रुकुम पश्चिमका चारजना, सल्यान र दैलेखका दुई/दुईजना, जाजरकोट, मुगु र चितवनका एक/एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै १७ जनामा संक्रमण देखीको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, ७, ८, ९, १०, १२ र १४ का सात जना महिलासहित १० जना पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २७१९ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप १४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २३५४ पुगेको छ । बुधबारसम्मा प्रदेशभर ३५९ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रतिक्रिया