जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त

जुम्ला भदाै २७ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएपछि उनले भने, ‘संक्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो । मृत्युको खबरले खुशीमा ह्रास आउँथ्यो ।’

आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उनले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताए । हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उनको विश्वास थियो ।

एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काममा आउने प्रजिअ थापाले जानकारी दिए । कोरोना संक्रमणमुक्त भएका अधिवक्ता दिलबहादुर महतले कोरोनाले भन्दा यसको आतंकले मानिस बढी प्रभावित भएको बताए । कोरोना भाइरसलाई महामारी र आतंक बनाएर समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सरकारलाई ध्यान पुर्याउन उनले आग्रह गरे ।

प्रतिक्रिया