थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ हजार ५७३ पुग्याे

थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ हजार ५७३ पुग्याे

काठमाडौँ असाेज १ गते । पछिल्लो २४ घन्टामा बिहीबार थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ५९ हजार ५७३ संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९१५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेको छ ।

प्रतिक्रिया