थपिए २०२० संक्रमित, कोरोना संक्रमितको संख्या ६१ हजार नाघ्यो

थपिए २०२० संक्रमित, कोरोना संक्रमितको संख्या ६१ हजार नाघ्यो

काठमाडौं असाेज २ गते । नेपालमा  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एकै दिन दिन दुई हजार २० जनामा संक्रमण पुष्टि भएपछि यसको ग्राफ बढेको हो । 

मंगलबार १४ सय ५९, बुधबार १५ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो भने बिहीबार उपत्यकामा १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ। 

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ गरेर ८५९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। प्रवक्ता प्रवक्ता गौतमका अनुसार १७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ८८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा ११ हजार ४५८ जनाको  पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।  कोरोनाले २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ। 

मोरङ, सुनसरी, सिरहा, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ,  डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।  मन्त्रालयका अनुसार १७३ जनाको आइसीयूमा र ३६ जनाको भेन्टिलेटर उपचार भइराखेको छ। 

प्रतिक्रिया