शासनमा समावेशी सहभागिता नै संविधानकाे सबल पक्ष :सांसद बिशुन्के

शासनमा समावेशी सहभागिता नै  संविधानकाे सबल पक्ष :सांसद बिशुन्के

दैलेख असाेज ४ गते । प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्केले शासनमा समावेशी सहभागिता नै नेपालको संविधानकाे सबल पक्ष रहेको बताउनुभयो ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भगवतीमाई गाउँ कमिटीको आयाेजनामा शनिवार बेस्तडामा गरेकाे संविधानकाे महिमा विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले साे विचार राख्नुभएको थियाे ।सांसद बिशुन्केले जनआन्दाेलन र बलिदानीले प्राप्त उपलब्धीहरुकाे रक्षा गर्न राजनीतिक दलहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता दर्शाउनुभयाे ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेेश कमिटी सदस्य मायाराम अधिकारीले स्थानीय सरकार र पार्टी कमिटीकाे समन्वयमा काम गर्दा याेजना अझै प्रभावकारी हुने सुझाव दिनुभयाे ।त्यसबखत भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले स्थानीय सरकारका विकास कार्यक्रमहरु पारदर्शी र जवाफदेही तरिकाले सञ्चालन गर्न पार्टी संगठन सक्रिय गराउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयाे । नेकपा जिल्ला कमिटी सदस्यहरु मानबहादुर खड्का, पदमा शाही, चन्द्रा रेग्मी, कर्णबहादुर शाही, नरेन्द्र शाही, कृष्णबहादुर शाही, रामबहादुर नेपालीले पनि नेपालकाे संविधानका विशेषता र दलहरुकाे भूमिका विषयमा बाेल्नुभएकाे थियोे । संविधान दिवस मनाउन सरकारले परिपत्र गरेकाे भए पनि शनिबार परेकाे कारण दैलेखमा सरकारी तवरबाट कतै पनि नमनाएकाे बेला नेकपा भगवतीमाई गाउँ कमिटीले मनाएकाे छ ।

प्रतिक्रिया