यो वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

यो वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

काठमाडौं असाेज ४ गते ।  यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’उपन्यासले पाएको छ। मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको  गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।गुठीलाई प्राप्त भएका १५१ पुस्तकमध्येबाट सात पुस्तक मदन पुरस्कारका लागि छनोट भएका थिए। त्यसमध्ये महारानीलाई पुरस्कार दिने निर्णय भएको हो।  त्यसैगरी गुठीले प्रदान गर्ने जगदम्बा-श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय भएको छ।  

गुठीले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै पुरस्कार वितरण समारोहको विवरण पछि सार्वजनिक गर्ने बताएको छ । २०१२ सालमा स्थापित गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार अर्पण गरेको थियो । 

गुठीले २०४५ सालमा रानी जगदम्बाको मृत्युपछि उनको सम्झना स्वरुप जगदम्बा-श्री पुरस्कारको स्थापना गरेको हो । यो पुरस्कार पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो ।  

प्रतिक्रिया