नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्‍यो

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्‍यो

काठमाडौं असोज ९ गते । पछिल्लो २४ घण्टामा नेपालमा १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।त्यसैगरी २४ घण्टामा १४ सय ५५ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा ६ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५९. पुगेको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको थियो। अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ६८ हजार १८५  पुगेको छ। 

अहिले देशभर १९ हजार २८९ सक्रिय संक्रमित रहेका छन्। संस्थागत आइसोलेशनमा हुनेको संख्या ८ हजार २३७ रहेको छ भने होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन्। क्वारेन्टाइनमा अहिले ६ हजार ४६२ जना रहेका छन्। २२७ जनाको आईसीयूमा उपचार भइराखेको छ भने ३९ जनालाई भेन्टिलेटरमा राखिएको छ। मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।  

प्रतिक्रिया