रोकिएका लोकसेवाका परीक्षा सञ्चालन हुँदै

रोकिएका लोकसेवाका परीक्षा सञ्चालन हुँदै

काठमाडौं असोज १० गते ।  कोरोना संक्रमणका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सञ्चालन हुने भएका छन् ।  लोकसेवाले सूचना जारी गरि रोकिएका परीक्षाको कार्य तालिकाका सार्वजनिक गरेको छ।  असोज अन्तिम साताबाट परीक्षाको कार्यतालिका लोकसेवाले ल्याएको छ। सहसचिव, उपसचिव  शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । 

नेपाल कृषि सेवा लाइभस्टक, पोल्ट्री एण्ड डेरी  डेभेलोपमेन्ट अन्र्तगत रोकिएको सहसचिव  र उपसचिवको परीक्षा असोज २७ र २८ गते हुनेछ।नेपाल विविध सेवा अन्र्तगतका सहसचिव र उपसचिव असोज २९ र ३० गते हुनेछन्।  त्यस्तै  न्याय सेवातर्फका शाखा अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते सञ्चालन हुनेछ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुनेछ । नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुनेछ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया