कोरोना विरुद्धको खोप आउनु पहिले २० लाख मानिसको ज्यान जान सक्ने विश्व डब्लूएचओको चेतावनी

कोरोना विरुद्धको खोप आउनु पहिले २० लाख मानिसको ज्यान  जान सक्ने विश्व डब्लूएचओको चेतावनी

जेनेभा: कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास हुनु पहिले यसको संक्रमणबाट २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ। डब्लूएचओका आपतकालीन सेवा प्रमुख डा. माइक रायनले मिडिया ब्रिफिङका क्रममा यस्तो चेतावनी दिएका हुन्।डा. रायनले पत्रकारसँगको कुराकानीमा २० लाख संक्रमित मानिसको मृत्यु ‘असम्भव नभएको’ बताएका हुन्। उनले हाल मृत्युदर घटे पनि २० लाख मृतक संख्या पुग्ने बताए। 

हालसम्म करिब १० लाख कोरोना संक्रमितको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स विश्वीद्यालयका अनुसार गत वर्षको अन्त्यमा चीनको वुहानमा पहिलो पटक भाइरसको पहिचान भए यता ९ लाख ८७ हजार ७७५ संक्रमितको ज्यान गइसकेको हो। त्यस्तै ३ करोड २४ लाख ७७ हजार बराबर संक्रमित भइसकेका छन्। पछिल्लो समय अमेरिका, भारत तथा ब्राजिलमा संक्रमण दर बढी रहेको छ। यस्तै युरोपका विभिन्न मुलुकमा संक्रमण बढेको छ। जसकारण कतिपय मुलुकले दोस्रो पटक लकडाउन गर्ने अवस्थामा पुगेका छन्। 

प्रतिक्रिया